back
CTIZAN AD

जेल तोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु

वि.सं.२०८२ असोज १ बुधवार

981 

shares

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका १० जना कैदीबन्दीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका बन्दीहरू २१ वर्षीय उमेश विष्ट, २० वर्षीय दिनेश घर्तिमगर, २० वर्षीय समीर थापा, १९ वर्षीय जगत देउवा र २१ वर्षीय भूपेन्द्र खत्री छन् ।

त्यस्तै जिल्ला कारागार रामेछापबाट भाग्ने क्रममा ५१ वर्षीय राजकिशोर यादव, ५८ वर्षीय बिरु धोबी र ४० वर्षीय मनोज महतोको मृत्यु भएको हो । जिल्ला कारागार धादिङबाट जेल तोडेर भाग्ने क्रममा ६१ वर्षीय जित बहादुर घले र ३६ वर्षीय इन्द्र बहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जेल तोडेर भाग्नेक्रममा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । यहि भदौ २३ र २४ गते काठमाडौं लगायत देशभर भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । अझै केही घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।

वि.सं.२०८२ असोज १ बुधवार १५:३७ मा प्रकाशित

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

काठमाडौं । राजधानीको कीर्तिपुरमा गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ ।...

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष...