
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर बालेनले कार्कीसँग आधा घण्टा छलफल गरेका हुन् । उनीहरुबीच भेटमा जेनजी आन्दोलनले उठाएको माग र मुद्दामा छलफल भएको बालेन निकटस्थले बताएका छन् ।
जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएको छ ।
वि.सं.२०८२ असोज ८ बुधवार १३:४० मा प्रकाशित