back
CTIZAN AD

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

वि.सं.२०८२ असोज ८ बुधवार

1.3K 

shares

चेतनारायण बेल्बासे, काठमाडौ । गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने उद्देश्यसहित राजधानीमा “चौथो काव्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भयो ।

काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा नेपाल चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले आफ्नो तिजगीत “छड्के कपाल किन कोरेको” मार्फत सर्वोत्कृष्ट चाडपर्व तिजगीत अवार्ड हात पारेका हुन् ।

उक्त गीतका निर्देशक सुरज खनाल पनि सोही गीतकै आधारमा सर्वोत्कृष्ट निर्देशक घोषित भए । मौलिक शैली र लोकप्रियताका कारण “छड्के कपाल” यसपालि विशेष चर्चा कमाउन सफल भयो ।

कार्यक्रममा वरिष्ठ गायक घमेश दुलालको “समुन्द्र पारी” नामक गीति–सङ्ग्रह विमोचन गरिएको थियो । दक्षिणकाली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा अभिनेता कृष्ण मल्ल प्रमुख अतिथि थिए ।

अवार्डमा पपुलर अफ दि ईयर गायिका सारदा रसाइली, सर्वोत्कृष्ट गायिका कोपिला तामाङ, सर्वोत्कृष्ट लोकगीत राजन भुजेल, आधुनिक संगीतकार दिपक तिरुवा, सर्वोत्कृष्ट बालगायिका लाक्पा डोमा शेर्पा, समाजसेवा सम्मान अमृता फाउन्डेशनसहित दर्जनौँ कलाकार र सर्जकले सम्मान प्राप्त गरेका थिए ।

अवार्ड संयोजक रमेश श्रेष्ठको स्वागत मन्तव्य र दिपेन्द्र शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई आयोजकले सभ्य र भव्य रूपमा सम्पन्न भएको जनाएका छन् ।

 

वि.सं.२०८२ असोज ८ बुधवार १५:३८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...