back

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

वि.सं.२०८२ असोज ८ बुधवार

105 

shares

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा गरिएका निर्णय सबै क्षेत्रमा लागू हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी विभिन्न निर्णय गरेको थियो । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालयको आज निरीक्षण गर्दै उनले सो जानकारी दिएका हुन् ।

सो अवसरमा मन्त्री खनाललाई सो कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरेका थिए । मन्त्री खनालले निरीक्षण गरिरहनुभएका समयमा कर्मचारीहरुले सवारीसाधन राख्न बनाइएको टहराबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका थिए ।

अर्थमन्त्री खनाल एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार मन्त्री खनाल आज अपराह्न उद्योगी एवं व्यापारीसँग मोरङ व्यापार सङ्घ विराटनगर हुने छलफलमा पनि सहभागी हुने कार्यक्रम छ ।

वि.सं.२०८२ असोज ८ बुधवार १५:४४ मा प्रकाशित

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विचार मिल्ने दलसँग एकताका लागि प्रभावकारी...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा...

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

चेतनारायण बेल्बासे, काठमाडौ । गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने...

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान...

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति...