back

लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

वि.सं.२०८२ असोज ९ बिहीवार

315 

shares

सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम ४४ करोड रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकी बक्यौता ४४ करोड ९२ लाख ५७ हजार १८४ रुपैयाँ रहेको छ ।

कार्यालयले बक्यौता असुल गर्न विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म १७ लाख ३२ हजार ३१२ रुपैयाँ सङ्कलन गर्न सफल भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी बक्यौता रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् ।

“कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै १ करोड ३९ लाख ८७ हजार ६२२ रुपैयाँ तिर्न बाँकी छ”, प्रमुख गुप्ताले भने, “गत असार २५ गते पत्र काटिएको भए पनि हालसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन ।”

प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र विद्युत् महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको उनको भनाइ छ । “अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक हामीसँग अर्को विकल्प छैन”, गुप्ताले भने ।

विद्युत् चुहावटको अवस्था पनि वृद्धि हुँदै गएको छ । आव २०८०/८१ मा चुहावट दर ३१.६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा बढेर ३८.१० प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिए । उनका अनुसार चालु आवको साउन मसान्तसम्ममा यो दर बढेर ४४.४६ प्रतिशत पुगेको छ । यसैबीचमा प्राधिकरणले ७०३ जना ग्राहकलाई कारबाही गरी ३१ लाख ५४ हजार २२५ रुपैयाँ चुहावट महसुल असुल गरेको कार्यालयले जनाएको छ ।

सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम गरी तीन वटा वितरण केन्द्र रहेका छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् ।

वि.सं.२०८२ असोज ९ बिहीवार ११:१४ मा प्रकाशित

Himalayan Life AD
आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको...

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ...

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...