back

घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

वि.सं.२०८२ असोज ९ बिहीवार

363 

shares

काठमाडौँ । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए । “मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,”, अध्यक्ष स्वारले भने ।

काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।

उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

वि.सं.२०८२ असोज ९ बिहीवार १५:५२ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रसाशन काठमाडौंले रातको समयमा बाहिरी जिल्लाबाट काठमाडौं...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको...

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

महोत्तरी । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई...

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

काठमाडौ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली...