back
CTIZAN AD

‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना

वि.सं.२०८२ असोज ९ बिहीवार

894 

shares

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुनःनिर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गरेका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जेनजी आन्दोलनका क्रममा प्रभावित भौतिक संरचनाको पुनःनिर्माण, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना गरिएकोे जानकारी गराए । मन्त्री घिसिङले कोषमा सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनःनिर्माणको अभियानमा सहभागी हुन अनुरोध गरेका हुन् ।

उनले भने,“भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो धनजन क्षति भएको भन्दै भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि कोष स्थापना गरेका छौँ ।”

सरकारले यसका लागि भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन गरेको छ । समितिले विश्व समुदायसमक्ष ‘कल फोर ग्लोबल सपोर्टः अर्जेन्ट अपिल फोर द रिस्टोरेशन एन्ड रिकन्सट्रक्सन अफ नेपालस् पब्लिक एसेट्स’ अनुरोधसहित सहयोगका लागि आह्वान गरेको छ ।

मन्त्री घिसिङले राष्ट्र पुनःनिर्माणको अभियानमा साथ दिन आह्वान गर्दे कोषमा सङ्कलित रकम पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कोषमा योगदान रकम जम्मा गर्ने बैंक खाताको विवरणमा राष्ट्रिय वाणिज्य बैँकको खाता नं १९६०१००१०२०७०००४ रहेको छ भने स्वीफ्ट कोड ‘आरबिबिएएनकेए’ रहेको छ ।

वि.सं.२०८२ असोज ९ बिहीवार १५:४८ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...