back

विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

वि.सं.२०८२ असोज ९ बिहीवार

393 

shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न÷नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।

उनले भने, “विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ ।”

नेपालीहरुका महान चाड दसैँ–तिहार नजिकिँदै जाँदा विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गरिन्छ ।

वि.सं.२०८२ असोज ९ बिहीवार १७:२९ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

रातको समयमा काठमाडौं आवत–जावत नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रसाशन काठमाडौंले रातको समयमा बाहिरी जिल्लाबाट काठमाडौं...

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको...

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा, दुईजनाको मृत्यु ४० बढी घाइते

महोत्तरी । यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई...

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

आजदेखि तीन दिनसम्म भीषण बर्षाको पूर्वानुमान

काठमाडौ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली...