
काठमाडौं । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रका वस्तिहरु डुवानमा परेका छन् ।
काठमाडौं महानगरपालिका १४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएपछि उक्त सडक छेउका घरहरू जोखिममा परेका छन् ।
जोखिमयुक्त स्थानमा थप क्षति रोक्न काठमाडौं महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको महानगरले जनाएको छ ।
‘यदि कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।’ महानगरद्वारा जारी सूचनामा भनएिको छ ।
महानगरका अनुसार कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः
१६६००१०५५११
०१५९०१७६४
०१५९०१७६३
वि.सं.२०८२ असोज १८ शनिवार १२:१८ मा प्रकाशित