back

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

वि.सं.२०८२ असोज १८ शनिवार

135 

shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना गर्न र उद्धारका लागि सरकारका सबै संयन्त्रहरु तयारी अवस्थामा रहेको बताएकी छन् ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्र डुबानमा परेको तथा मानविय संकटको अवस्थामा प्रधानमन्त्री कार्कीले देशबासीका नाममा सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

‘ यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आस्वस्त पार्न चाहान्छु कि, सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्,’ प्रधानमन्त्री कार्कीले जारी गरेको भिडियो सन्देशमा भनिएको छ, ‘यसबखत नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरु आपतकालिन सेवाहरु नागरिकहरुलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न २४ सै घण्टा तयार अवस्थामा रहेका छन् ।’

प्रधानमन्त्री कार्कीले राज्यका सबै उपलब्ध स्रोतहरु प्रिचालन गरिएको र राष्ट्रिय तथा स्थानीय निकायसँग समन्वय गरेर उद्धारका कार्यहरु गरिरहेको समेत बताइन् । उनले सहज अवस्था हुनासाथ राजमार्गहरु पुनः खोल्न प्राथमिकता दिने भन्दै जहाँ जुन अवस्थामा भएपनि सुरक्षित रहन सबैलाई अनुरोध गरेकी छन् ।

‘अत्यावस्यक नभएसम्म यात्रा नगर्नुहोस् र बाढीको पानीमा वा पहिरोमा सवारी नचलाउनुहोस् तथा आवतजावत नगर्नुहोस् ।’ उनले आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बाढी पहिरो वा जोखिम युक्त भू–भागमा भएमा ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन तथा प्रहरी तथा सम्बन्ध्ीत निकायबाट जारी सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै आवस्यक सहयोगका लागि अप्ठेरो नमान्न समेत अनुरोध गरेकी छन् ।

 

 

वि.सं.२०८२ असोज १८ शनिवार १९:५१ मा प्रकाशित

Himalayan Life AD
आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको...

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न मन्त्रालयको अनुरोध

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न मन्त्रालयको अनुरोध

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा...