
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित स्थानमा राख्न र खानपिनको सहज व्यवस्था गर्न गृहमन्त्रालयले अनुरोध गरेको छ ।
देशभर अविरल वर्षाका कारण उत्पन्न समस्या र राष्ट्रिय राजमार्गमा अलपत्र हजारौं यात्रुको अवस्थालाई मध्येनजर गर्दै मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो अनुरोध गरेको हो ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै गन्तव्यतर्फ प्रस्थान गर्ने क्रममा बाढी र पहिरोको जोखिमका कारण बाटोमै रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्न, खाना, स्वास्थ्योपचार लगायतका सबै व्यवस्थापन गर्न स्थानीय निकाय, यातायात व्यवसायी जिल्लामा रहेका सरकारी कार्यालय तथा गैरसरकारी संस्थालाई अनुरोध गरेको हो ।
उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री
वि.सं.२०८२ असोज १८ शनिवार २०:१९ मा प्रकाशित