back

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

वि.सं.२०८२ असोज १८ शनिवार

138 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको छ । आइतबार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उनले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने गरी तय गरिएको छ ।

कार्यालय सचिव डा अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

यसैबीच पार्टी महासचिव शङ्कर पोखरेलले आज सन्देश जारी गरी वर्षाका कारण बाढीपहिरो र डुबानमा राज्यका निकायसँग सहकार्य गरी उद्धारमा खट्न नेता कार्यकर्तालाई अनुरोध गरेका हुन् ।

“भारी वर्षाका कारण बाढीपहिरो र डुवान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौँ । साथै, आवश्यकताअनुसार राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई विशेष अनुरोध छ”, उनले भनेका छन् ।

वि.सं.२०८२ असोज १८ शनिवार २०:३० मा प्रकाशित

Himalayan Life AD
विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ...

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न मन्त्रालयको अनुरोध

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न मन्त्रालयको अनुरोध

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा...