back

ओलीको सरकारविरुद्ध कदम: ‘संसद् विघटन असंवैधानिक, २१ फागुन पर्खदैनौं’

वि.सं.२०८२ असोज २३ बिहीवार

570 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै यसको पुनर्स्थापनाको माग लिएर अघि बढ्ने बताएका छन्।

भक्तपुरको गुण्डुमा आयोजित एमाले कार्यक्रममा ओलीले लोकतन्त्रको रक्षा गर्न संसद् पुनर्स्थापना आवश्यक भएको बताए। उनले भने, “संसद् विघटन असंवैधानिक, गैरकानूनी र अलोकतान्त्रिक छ। देशहित विपरीतको यो कदम सह्य हुँदैन। कतिपय भन्छन् फागुन २१ गते चुनाव भएन भने पछि मात्र माग गरौंला, तर पर्खनुपरेको छैन।”

प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने उनले विश्वास व्यक्त गरे। ओलीले भने, “हामी अघि बढ्ने बेला आएको छ। नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अघि बढ्नेछन्।”

सांसद विघटनको प्रसङ्गमा उनले सुशीला कार्कीको प्रधानमन्त्री बन्ने अडानसँग जोडेर असंवैधानिक कदम उठाइएको बताए। “संसद् विघटन गर्ने अधिकार कसले पायो? संविधान मिच्ने अधिकार कसबाट पायो?” ओलीले प्रश्न उठाए।

ओलीले भने, “संविधान र संसद् जोगाएर निकास खोज्ने सहमति सबै पक्षसँग थियो। तर राजनीतिक दलहरूलाई पन्छाएर वार्ता, सरकार बनाउने र संसद् भंग गर्ने काम गरिएको हो।”

प्रतिनिधि सभा पुनर्स्थापनाको एजेन्डामा कांग्रेसको पनि साथ रहने उनले बताए।

 

 

वि.सं.२०८२ असोज २३ बिहीवार १५:०३ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...