back
CTIZAN AD

वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

वि.सं.२०८२ असोज २४ शुक्रवार

1.2K 

shares

वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र पछिल्लो समयमा वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका छन्।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुर प्रयोग गरी वन्यजन्तु शिकारी र वन्यजन्तुका बच्चा समाउने काम गर्दै आएका छन्।

उनले भने, “केही व्यक्तिहरूले वन सिमानामा राखिएको तारबार भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसजस्ता वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्र अनधिकृत रूपमा चरिचरन गर्ने गरेका छन्।”

अध्यक्ष महराले बताए, “वन क्षेत्रभित्र रहेका नदीनालामा विषादी र विद्युत् प्रयोग गरेर माछा मार्ने कार्य भइरहेको छ, जसले वन्यजन्तु र जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ।”

उनका अनुसार चोरी–शिकारी नियन्त्रणका लागि जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानी उपकरणहरू समेत तोडफोड गरिएको छ। सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खननसमेत भइरहेको उनले बताए।

“सार्वजनिक सूचना प्रकाशित गरी स्थानीय र सम्बन्धित निकायलाई गैरकानुनी गतिविधि नगर्न आग्रह गरेका छौँ,” अध्यक्ष महराले भने, “तर यस्ता कार्य रोकिएनन् भने वन ऐन, २०७६ र समूहको विधानअनुसार कारबाही गर्न बाध्य हुनेछौँ।”

सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन्यजन्तु तथा वन पैदावारको चोरी–शिकारी नियन्त्रणमा सक्रिय हुन आग्रह गरेका छन्।

 

वि.सं.२०८२ असोज २४ शुक्रवार १०:३७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...