
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् ।
हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
वि.सं.२०८२ असोज २५ शनिवार १७:४२ मा प्रकाशित