back

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सुन्धारा कारागारमा

वि.सं.२०८२ असोज २९ बुधवार

468 

shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशसँगै केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सुन तस्करी प्रकरणमा महराको संलग्नता देखिएको ठहर गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको हो।

महराले चिनियाँ तस्करले भेप (विद्युतीय चुरोट)मार्फत ल्याएको करिब ९ किलो सुन भन्सारबाट छुटाउन प्रभाव प्रयोग गरेको आरोप लागेको छ। सोही प्रकरणमा उनलाई आइतबार प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा महरा पनि संलग्न रहेको देखिएको बताएको छ। मुद्दामा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गरिएको छ। उनका छोरा राहुल महरासहित चार जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको थियो।

अघिल्लो पटक अर्को मुद्दामा पक्राउ परेका बेला महरालाई डिल्ली बजार कारागारमा राखिएको थियो। यसपटक भने उनलाई केन्द्रीय कारागार सुन्धारा अन्तर्गत जगन्नाथ देवल खण्डमा पठाइएको छ।

 

वि.सं.२०८२ असोज २९ बुधवार १९:२८ मा प्रकाशित

Himalayan Life AD
संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...

अफगानिस्तानसँग नेपाल पराजित

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप...

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली । छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको...