काठमाडौँ । हमासले रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको मृत बन्धकको शव कुनै पनि बन्धकको नभएको पुष्टि भएको छ। इजरायली सेनाले शवको परीक्षणपछि चौथो शव बन्धकको नभएको जनाएको छ।
इजरायली सेनाले बन्धकको शव फिर्ता गर्ने क्रममा आवश्यक तयारी र सतर्कता अपनाउन पनि आग्रह गरेको छ। गत सोमबारसम्म हमासले सबै जीवित बन्धक रिहा गरिसकेको भए पनि मृत बन्धकको शव हस्तान्तरण प्रक्रिया अहिलेसम्म जारी छ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई बन्धक र शवहरूको रिहाइका लागि सम्झौता सर्तहरू पूरा गर्न जोड दिएका छन्। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार छोड्न तयार नभएमा पुनः कारवाही गर्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, “हमासले जिम्मेवारी समयमा पूरा नगरे, इजरायलले युद्ध पुनः सुरु गर्न सक्नेछ।”
वि.सं.२०८२ असोज ३० बिहीवार १०:१६ मा प्रकाशित



























