back
CTIZAN AD

कृषि भूमिको संरक्षण आवश्यक : कृषिमन्त्री परियार

वि.सं.२०८२ असोज ३० बिहीवार

609 

shares

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षाकै रूपमा लिइने भएकाले कृषि भूमिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

मन्त्री परियारले ४५औँ विश्व खाद्य दिवसका उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उपलब्ध भूमिको समुचित उपयोग गरी कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्ने बताए ।

भूमिको उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत नागरिकमा खाद्य सुरक्षाको अनुभूत गराउनु आजको प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै उनले यस वर्ष ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारासहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाइ र कृषि विभागको समन्वयमा ४५औँ विश्व खाद्य दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

मन्त्री परियारले विश्वव्यापी सहकार्यमा कुपोषण र भोकमरीजस्ता चुनौतीलाई सामना गर्न संयुक्त पहल र ऐक्यबद्धताका लागि विश्वव्यापी रूपमा हरेक वर्षको अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने सन्दर्भमा नेपालमा पनि २०३८ सालदेखि हरेक वर्ष विश्व खाद्य दिवस मनाउने गरिएको जनाइएको छ ।

मुलुकमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने किसान परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको सो सन्देशमा उल्लेख छ । विश्व भोकमरी सूचकाङ्कमा गत वर्ष ६८औँ स्थानमा रहेको नेपाल यस वर्ष ७२औँ स्थानमा छ । सन् २०३० सम्ममा करिब ६७ करोड मानिसहरू दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको सन्देशमा जनाइएको छ ।

वि.सं.२०८२ असोज ३० बिहीवार १२:४० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...