back
CTIZAN AD

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

वि.सं.२०८२ असोज ३० बिहीवार

543 

shares

भक्तपुर । पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको पोटरी स्क्वायर क्षेत्रमा माटोका भाँडामा लोभिन थालेका छन् ।

प्रजापति समुदायको बाक्लो बस्तीमा पुस्तौदेखि चल्दै आएको माटोका भाँडा बनाउने भक्तपुर नगरपालिका–४ तालाक्वोँस्थित पोटरी स्क्वाय पछिल्लो समय पर्यटकका लागि आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय यतिखेर तिहारका लागि आवश्यक पर्ने माटोका पाला, घैटो, धुपौरोलगायत सामान बनाउनका साथै यहाँ आउने पर्यटकलाई माटोसँग खेल्दै विभिन्न भाँडा निर्माण गर्ने विधि सकाउन व्यस्त देखिन्छन् ।

यहाँका अधिकांश प्रजापतिले ‘पोर्टरी ट्रेनिङ्ग सेन्टर’का सूचनापाटी राखेर पर्यटकलाई माटोका भाँडा बनाउन सिकाइरहेको दृश्य निकै आकर्षक देखिन्छन् । पुस्तौँदेखि यो पेसा गर्दै आएका स्थानीय विनोद प्रजापतिले माटोबाट बनेका विभिन्न सामान विदेशीले मन पराउने गरेका बताए । उनले इच्छुक विदेशीलाई भाँडा बनाउन सिकाएर अतिरिक्त आम्दानी पनि गरिरहेको जानकारी दिए ।

सफा हात हिलोमा मुछ्दै फनफनी घुमिरहेको विद्युतीय चक्रमा माटोका भाँडा बनाउन सिकिरहएकी अस्ट्रेलियाका हेरिना मार्कले माटोबाट सामान बनाउन सिक्दा छुट्दै आनन्दको अनुभूति भएको बताईन् ।

करिब १० मिनेट माटोका भाडा बनाउँन खर्चिएका पर्यटकसँग रु १०० देखि रु २०० सम्म लिने गरिएको विनोदले बताउनुभयो । उहाँका अनुसार यो प्रजापतिहरूका लागि अतिरिक्त आम्दानीको स्रोत हो ।

परम्परागत शैलीमा माटोका भाँडा बनाउने कुमालेको पख्र्यौली पेसालाई धान्दै आउनुभएका ८१ वर्षीय ललित प्रजापतिको भाँडा बनाउने कलामा पर्यटकहरू लोभिने गरेका भन्दै निकैबेर घोरिएर हेर्ने, सिक्न रहर गर्ने गरेका अनुभव सुनाईन् ।

“वरिपरि विद्युतीय चक्रसहितको उपकरणबाट आकर्षक भाँडा बनाएको देखेका र सिकेका पर्यटक उत्तरतर्फ कुनामा टायरबाट बनाएको परम्परागत चक्रलाई लाठीको सहायताले घुमाउँदै परम्परागत शैलीमा भाँडा बनाएर आनन्द लिइरहेका हुन्छन”, उनले भनिन् ।

जेष्ठ प्रजापति समुदायका नागरिकले लाठीले फनफनी घुमाएर परम्परागत शैलीमा माटोका भाँडा बनाएको दृश्यले आनन्दित बनाएको अमेरिकाबाट नेपाल घुम्ने क्रममा पोर्टरी स्क्वायर आएका
लोनार्क मार्टले बताउनुभयो । उहाँले ती दृश्य तस्विर र भिडियोका रूपमा मोवाइलमा कैद गरेका छन् ।

स्थानीय साजन प्रजापतिले पर्यटकको उल्लेख्य हुँदा अतिरिक्त आम्दानी हुने बताउनुभयो । तिहारका लागि विभिन्न ठाउँबाट आएका मागअनुसारका सामान बनाउने व्यस्ततासँगै पर्यटकले चाहना राखेपछि भाँडा बनाउन सिकाउने गरेको उनले उल्लेख गरे ।

पर्यटकीय याम चलिरहेको अहिलेको अवस्थामा भक्तपुर आउने अधिकांश पर्यटक पोर्टरी स्क्वायर पुग्ने गर्छन । समूहमा पुग्ने पर्यटकले यहाँका सबै माटोका भाँडा बनाउने प्रजापतिकामा भाँडा बनाउन सिक्ने गर्छन् ।

साजनका अनुसार भाँडा सिकाउन छ महिना लाग्ने भए पनि पर्यटक केही बेर माटोमा खेलेर भाँडा बनाउने विधिमा रमाउने गरेका छन् । भाँडा बनाउन सिकेबापत रकम पनि दिने भएकाले हामीले पर्यटकसहित नेपालीका लागि तालिमसम्बन्धी सूचनापाटी राखेर सिकाउने गरिएको उनले जानकारी दिए ।

पाला बनाउन व्यस्त स्थानीय कृष्ण प्रजापतिले तिहारका लागि माग बढी आएकाले पाला, धुपौरो, घैटो बनाउन भ्याइनभ्याइ भएको बताए । उनले पर्यटकको आगमनले माटोका भाँडा बनाउने कुमाले समुदायको आम्दानी पनि बढेको उल्लेख गरे । भाँडा बनाएको, सुकाएको, भट्टीमा भाँडा पोलेकोलगायत दृश्य पर्यटकका लागि नौलो र आकर्षक लाग्ने गरेको उनको भनाइ छ ।

आकर्षक माटोका भाँडा बनाउने भक्तपुर नगरपालिका–४ बोलाछेंँ तालाक्वो अर्थात् पोर्टरी स्क्वायरका प्रजापति समुदायका सपरिवारलाई यतिखेर तिहारका लागि आवश्यक पाला, धुपौरो, घैटोलगायत सामाग्री बनाउन भ्याइनभ्याइ छ ।

“तिहार आइसक्यो माटोका पाला, भिउँट, धुपौरोको बढी माग आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ । अहिले काममा व्यस्तता निकै बढेको छ”, १९ वर्षदेखि माटोका भाँडा बनाउँदै आउनुभएका ३९ वर्षीय विनोदकुमार प्रजापतिले बताए ।

पर्यटकको आगमन भएपछि माटोका भाँडा बनाउन रहर गर्ने, मोवाइलमा भिडियो, फोटो लिने मात्रै होइन विभिन्न ठाउँबाट आएका नेपाली बालबालिका र युवापुस्ता पनि भाँडा बनाउँदै सामाजिक सञ्जालमा सार्वजनिक गर्न रुचाउने गरेका उनकोे भनाइ छ ।

यसवर्ष तिहारका लागि पाला, धुपौरोलगायत माटोका भाँडाको मूल्य वृद्धि नभएको भन्दै प्रजापति पाला एक दर्जनको रु ४० मा बिक्री गर्दै आएको बताउँछन् । भारतबाट प्लाष्टिकका पाला, घैटोलगायत सामान भित्रिएपछि माटोबाट बनेका ती सामग्रीको माग पहिलोभन्दा घट्दै गएको विनोदकुमारले जानकारी दिए । उनका अनुसार यहाँका करिब ६५ परिवारका प्रजापति समुदायले मूल्य नबढ्दा मर्कामा परेको भन्दै चिन्ता व्यक्त गर्छन् ।

वि.सं.२०८२ असोज ३० बिहीवार १४:०१ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...