back
CTIZAN AD

सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक : सचिव लम्साल

वि.सं.२०८२ असोज ३१ शुक्रवार

639 

shares

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताएका छन् ।

आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उनले उक्त अभियान जरुरी भएको बताएका हुन्।

यसअघि पनि देशभरका सबै पालिकामा युवापरिषद् वा युवाका नाममा कुनै सञ्जाल गठन गर्न सरकारले निर्णय गरे पनि कार्यान्वयनमा कठिनाइ भएको बताउँदै अब युवा यसका लागि अग्रसर हुनुपर्ने बताए ।

प्रत्येक पालिकादेखि देशभर रहेको ५० हजार सार्वजनिक सेवा प्रदायक संस्था एवं कार्यालयमा भएको बेथितिको अन्त्य गर्न प्रत्येक पालिकामा युवापरिषद् गठन गर्नु अति आवश्यक रहेको बताउँदै सार्वजनिक सेवा प्रदायक निकायलाई जवाफदहिता बनाउनुपर्नेमा जोड दिए । मन्त्रालयले केही दिन अगाडि मात्रै युवा नीति पारित गरेको बताउँदै उनले शिक्षा, स्वास्थ्यदेखि देशको विकासको मूल प्रवाहमा युवा नेतृत्वलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा राष्ट्रिय युवापरिषद्का प्रशासकीय प्रमुख गेहनाथ भण्डारीले मुलुकको परिवर्तन र अवस्थाको पहिचान गर्दै देशलाई सही दिशामा लगेर देशको नीति निर्माण तहको नेतृत्वदेखि देशको मूलधारमा लैजान आजको छलफल महत्त्वपूर्ण भएको बताए ।

देशको हरेक निकायमा युवाको सहभागिता बढाउँदै युवाको भावनालाई परिवर्तनसँगै लैजान भएको छलफलबाट निस्किएको उपलब्धि र सुझावलाई समेटेर प्रतिवेदन बनाइ सरकारलाई पेश गर्ने उनले बताए ।

युएनएफपिएका कार्यक्रम विज्ञ अभिराम रोयले युवाले ल्याएको परिवर्तनमा देश बनाउने रोडम्याप पनि युवाबाटै आउनुपर्ने बताउँदै देशभर युवाको भूमिका र सहभागितालाई राज्यको हरेक क्षेत्रमा पु¥याउन आवश्यक रहेको बताए । देशको बदलिँदो अवस्थामा अब देशलाई कता लैजाने भनेर देशभरका युवाको टाक्स फोर्स गठन गरेर राज्यको हरेक तहमा युवाको सहभागिता र नेतृत्व तहमा अगाडि बढाउनुपर्ने बताए।

राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा सहभागिता संवाद कार्यक्रमले युवाको भावना, देशप्रतिको भावी लक्ष्यलाई प्रतिबिम्बित गर्दै संवादबाट आएका सुझाव एकीकृत गरी कार्यान्वयनका लागि तयार भएको बताए। उनले संवादबाट तयार भएको प्रारम्भिक ‘रोडम्याप’लाई प्रतिवेदनको स्वरूप दिएर सरकारलाई प्रदान गरिने बताए।

उनले आजको संवादमा युवाबीच दिगो विकासमा युवाको भूमिका, नयाँ पुस्ताका अपेक्षा र राज्यले लिनुपर्ने कदम, युवा मैत्री सुशासन र प्रभावकारी सेवा प्रवाह, उत्तरदायी सामाजिक सञ्जाल तथा सूचना प्रविधि गरी चार विषयमा जेनजी युवापुस्ताले गम्भीर छलफल गरेको बताए। विज्ञ डा. दिपेश घिमिरेले परिवर्तित अवस्थामा युवाले नीति निर्माणदेखि नेतृत्व तहसम्म पुग्नका लागि खेल्नुपर्ने भूमिकाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:४८ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...