back

बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

वि.सं.२०८२ असोज ३१ शुक्रवार

192 

shares

सिमकोट, (हुम्ला) । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो ।

पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए । सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए ।

सडक सञ्चालमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालिस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् । हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्येधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहानबेलुका माइनसमा हुने गरेको छ ।

वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:४० मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...