back
CTIZAN AD

बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

वि.सं.२०८२ असोज ३१ शुक्रवार

648 

shares

सिमकोट, (हुम्ला) । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो ।

पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए । सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए ।

सडक सञ्चालमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालिस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् । हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्येधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहानबेलुका माइनसमा हुने गरेको छ ।

वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:४० मा प्रकाशित

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...