back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन १६ शनिवार

276 

shares

‌राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ

भावनाभित्र माया पनि हुन्छ सायद
अश्रु बग्दा हियो साह्रै छुन्छ सायद

वेदनामा निकै पीडा देख्छु मैले
दुःखको अश्रुले नै मन धुन्छ सायद

जेलजस्तै भयो जीवन दुःख पर्दा
सुन्छ को कर्णले उल्टै थुन्छ सायद

स्वार्थका लागि बुझ्दैनन् दुःख कोही
किन धनी मात्र खोज्छन् मन रुन्छ सायद

दुःख बुझ्नेहरू आफ्नै ठान्छु किन हो
‘राज’जस्तै रहेकाले सुन्छ सायद

बहर : असम मुसद्दस सालिम
अर्कान : फाइलातुन् मफाईलुन् फाइलातुन्‌
वजन : २१२२ – १२२२ – २१२२
काफिया : उन्छ
‌रदिफ : सायद
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ साउन १६ शनिवार ०७:५० मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...