back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन १६ शनिवार

405 

shares

कृष्णप्रसाद गौतम, इटहरी, सुनसरी

सुक्खा छ टारबारी पहराहरू रसाए
झलमल भयो सहरमा झुप्राहरू निदाए

संसार छक्क पार्ने कैयन विचार आए
तर शान्ति सुक्खका पल छैनन् , कता बिलाए

विज्ञान मर्छ रोई भन्थे, छ सत्य लाग्दै
राखेर शान्ति बन्धक हतियार खुब बनाए

बोल्दैन देख्छ जसले बोल्ने छ दृष्टिशून्य
अन्याय न्याय जोख्ने पल्ला र ढक हराए

देखिन्छ खुब तमासा चाला बनावटी छन्
भन्छन् यहाँ कसैले बाँदरले घर सजाए ।

बहर : मुजारे मुसम्मन अखरब
अर्कानब: मफ्ऊलु फाइलातुन् मफ्ऊलु फाइलातुन्
वजन : २२१ – २१२२ – २२१ – २१२२
काफिया : आए
रदिफ : ०
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ साउन १६ शनिवार ०७:४९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...