back
CTIZAN AD

कविता : प्रेम

वि.सं.२०८३ साउन १६ शनिवार

297 

shares

बिमला चन्द सानू
बैतडी हाल : काठमाडौं

माया स्वार्थ विकार द्वेष परमा उम्रन्छ निस्वार्थले ,
गर्दैछन् जग प्यारले सरसमा जल्छन् यहाँ व्यर्थले ।
न्यानो घाम समानको शमरमा ओढ्दा हुने आँँचल,
हो माया सहभावले सकलमा हुन्छन् मिठा ती पल ।१।

मेरो श्वास प्रश्वास हौ भुवन हौ आत्मा भनौं ज्यान हौ,
मेरा काव्य कला बनेर कविता यो प्राणका सान हौ ।
हाम्रो प्रेम कथा मुना मदनको जस्तै बनोस् चाहना,
सारा विश्व ब्रह्माण्ड यो सरिक होस् दिँदै मीठो कामना ।२।

इच्छा छन् मनभित्रमा मिलनका सद्भाव छन् योगका,
तिम्रै छन् जति चाहना विरहका हुन् ओखती रोगका ।
जम्मै काम विकार लाग्छ किन हो छन् सम्झना प्यारका ,
मायाले मन तान्न खोज्छ अरुको भन्दैछ बेकारका ति ।४।

भन्दैनन् दिनरात हुन्छ कसरी आँखा यहाँ बोल्दछन् ,
मायाले तब भन्छ मात्र मनका ती गोप्यता खोल्दछन् ।
आँखा बोल्दछ भाष्य बन्छ सहजै बुझ्ने मनैको गरी ,
हाँस्छन् साथ बसेर प्रेम रसमा झर्छन् सदा ती झरी ।५।

हे प्यारा कति गर्छु प्रेम मनले जोखौ कसो के गरी,
सातै जुन्म छ साथमा रमण होस् राख्दैछु आँखा भरी ।
यस्तो प्रेम कथा तिमी र म भए हे प्राणकी मञ्जरी ,
हेर्दैछन् शशि प्रेमका नजरले आभा दुवैमा छरी ।६।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ साउन १६ शनिवार ०७:४४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...