back
CTIZAN AD

कविता : गुरुजन भजौँ प्रेमरसले

वि.सं.२०८३ साउन १६ शनिवार

279 

shares

कविराज घिमिरे
चाँगुनारायण, भक्तपुर

बनी आफू यन्त्रैसरह जहिल्यै खट्छ जसले
फलेका काँचा ती रुख फल दिने गोड्छ जसले
चितामा बस्नेका पनि हृदय ती छाम्छ वशले
उनै ऊर्जा हाम्रा गुरुजन भजौँ प्रेमरसले ।। १

भनेनन् वर्षा यो न त धुप भने स्याँठ अथवा
लु चल्दामा खप्ने तरर पसिनासाथ अगुवा
धुलो मैलो फ्याँक्तै अमृत ढकनी खोल्छ कसले ?
उनै ऊर्जा हाम्रा गुरुजन भजौँ प्रेमरसले ।। २

निदाएकालाई बिउँतन गरे सार्थक क्रिया
भला बन्ने सोझो तरखर गरे जे छ प्रक्रिया
न छोयो अल्छीले न त घर गरेको सकसले
उनै ऊर्जा हाम्रा गुरुजन भजौँ प्रेमरसले ।। ३

बनेका मान्द्रोझै हविगत गिरेका मनुजमा
दिई शिक्षा दीक्षा हिमशिखरझैँ पुग्न नभमा
सबैलाई पढ्दै कसरत गरे यत्नसँगले
उनै ऊर्जा हाम्रा गुरुजन भजौँ प्रेमरसले ।। ४

पुऱ्याए कुर्सीमा तर अब तिनै शासक बनी
घुमाएका देख्छौँ गुरुकन मजाले फनफनी
नहोस् यस्तो सत्ता मधुर सबका यी वचनले
उनै ऊर्जा हाम्रा गुरुजन भजौँ प्रेमरसले ।। ५

छन्द : शिखरिणी
गण : य – म – न – स – भ – ल – गु
सङ्केत : ISS – SSS – III – IIS – SII – I – S

वि.सं.२०८३ साउन १६ शनिवार ०७:४१ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...