काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् गर्ने तयारी गरेकी छन् । जेनजी आन्दोलनको बलमा २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आज चार जनालाई मन्त्री नियुक्त गर्न लागेकी हुन् ।
बालुवाटार स्रोतका अनुसार खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद र सुधा शर्मा गौतम स्वास्थ्य मन्त्री बन्ने तय भएको छ । प्रधानमन्त्रीले उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् ।
चारै जनालाई आजै मन्त्रीको शपथ खुवाउने तयारी रहेको स्रोतले जानकारी दियो ।
वि.सं.२०८२ कात्तिक ९ आइतवार १०:०७ मा प्रकाशित




























