back

आज साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ

वि.सं.२०८२ कात्तिक ९ आइतवार

120 

shares

काठमाडौं । मन्त्रिपरिषद्मा आज थपिने चार जना मन्त्रीहरूको शपथ साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले पठाएका नाममा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्।

डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार, बब्लु गुप्तालाई युवा तथा खेलकुद र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ। श्रेष्ठलाई पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन तय गरिएको भए पनि अन्तिममा भूमिसुधार मन्त्रालयमा पठाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

डा. शर्मा पूर्व स्वास्थ्य सचिव र स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। गणपतिलाल सम्पदा संरक्षण अभियन्ता हुन् भने खगेन्द्र सुनार दलित अधिकारकर्मी र बब्लु गुप्ता सामाजिक अभियन्ता हुन्। यीमध्ये गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता ‘अनलाइनखबर’ले छनोट गरेको ४० वर्षमुनिका ४० प्रभावशाली युवाको सूचीमा समेत परेका छन्।

वि.सं.२०८२ कात्तिक ९ आइतवार १०:५९ मा प्रकाशित

Himalayan Life AD
‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा...

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन । चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते ७४३...

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको...

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

  काठमाडौँ । महाराजगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा...

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय...