back

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

वि.सं.२०८२ कात्तिक ९ आइतवार

132 

shares

ताप्लेजुङ यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए ।

पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।

समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

वि.सं.२०८२ कात्तिक ९ आइतवार ११:२२ मा प्रकाशित

Himalayan Life AD
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा...

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन । चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते ७४३...

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको...

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

  काठमाडौँ । महाराजगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा...

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय...

दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल...