back

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

वि.सं.२०८२ कात्तिक ९ आइतवार

141 

shares

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ ।

त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २० खेलमा २८ अङ्कका साथ दोस्रो स्थानमा छ ।

लिग–२ मा सहभागी आठ राष्ट्रले कूल नौ शृङ्खलामा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आशिफ शेख, भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

वि.सं.२०८२ कात्तिक ९ आइतवार १२:०५ मा प्रकाशित

Himalayan Life AD
‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा...

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन । चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते ७४३...

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको...

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

  काठमाडौँ । महाराजगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा...

दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल...