back
CTIZAN AD

आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

वि.सं.२०७४ जेठ २८ आइतवार

846 

shares

mango

२८ जेठ, पाल्पा । आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् । यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती गर्दै आएका छन् । रम्भा गाउँपालिका–१ हुँगीका अर्जुन पाठकका अनुसार किसानका खेतबारीमा फलेका आँपमा साना साना सेता किराले आक्रमण गरेपछि पूरै आँप झर्ने र खान नहुने भएकाले यो खेतीबाट दुईचार रुपैयाँ कमाउन खोज्नेका लागि ठूलो असर पारेको छ ।

कालीगण्डाकी नदीको किनारामा रहेको हुँगी आँप र लिची खेतीका लागि राम्रो मानिए पनि बर्सेनि आँपमा विभिन्न रोगले आक्रमण गरेका कारण किसानले फाइदा लिन सकेका छैनन् । स्थानीय जातका आँपमा पछि रोपिएका आँप प्रशस्त मात्रामा फल लाग्ने तर फल पाक्न नपाउने गरेको स्थानीयवासीको भनाइ छ ।

वि.सं.२०७४ जेठ २८ आइतवार ११:१२ मा प्रकाशित

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...