back
CTIZAN AD

घाँटी मरुवा रोगबाट धान बाली नष्ट

वि.सं.२०७४ जेठ २८ आइतवार

957 

shares

२८ जेठ,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको हटियामा धान बालीमा लाग्ने घाँटी मरुवा रोगबाट धान बाली सखाप भएकाले स्थानीयवासी चिन्तित बनेका छन् । दुःख गरी लगाएको धान बालीमा घाँटी सुक्ने, कालो हुने र बोट मर्ने गर्न थालेपछि स्थानीयवासीको गुनासो पनि बढेको छ ।

स्थानीय किरण वाग्लेका अनुसार हटियाको छमुरे फाँटमा पाँच बिघा खेतमा लगाएको धानको बोट घाँटी मरुवा रोगको सङ्क्रमणले नष्ट भएको छ । उहाँले यो रोगबाट किसान मर्कामा परेको भन्दै कृषि प्राविधिक नै नभएको जस्तो भान भएको दुखेसो गर्नुभयो । वाग्लेका अनुसार त्यहाँस्थित सातजना किसानको खेतमा यस्तो समस्या देखिएको छ ।

यस्तो समस्या केही समयअघि देखिको हो । आफ्नो पनि १० कट्ठा खेतमा लगाएको धान सबै नष्ट भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘अब त यो खेतमा पाँच केजी धान पनि नआउँला जस्तो छ ।”, स्थानीयवासीको सल्लाह र औषधि बिक्रेताको सिफारिस अनुसारको औषधि प्रयोग गर्दा पनि समस्या समाधान नभएको वाग्लेको भनाइ छ ।

वि.सं.२०७४ जेठ २८ आइतवार ११:२१ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

नारायणगढ (चितवन) । परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस...

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

नेपालमा कृषि तथा पशुपालन क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीवनको...