back

आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

वि.सं.२०७४ जेठ २८ आइतवार

228 

shares
NTC AD
Global IME AD

mango

२८ जेठ, पाल्पा । आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् । यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती गर्दै आएका छन् । रम्भा गाउँपालिका–१ हुँगीका अर्जुन पाठकका अनुसार किसानका खेतबारीमा फलेका आँपमा साना साना सेता किराले आक्रमण गरेपछि पूरै आँप झर्ने र खान नहुने भएकाले यो खेतीबाट दुईचार रुपैयाँ कमाउन खोज्नेका लागि ठूलो असर पारेको छ ।

कालीगण्डाकी नदीको किनारामा रहेको हुँगी आँप र लिची खेतीका लागि राम्रो मानिए पनि बर्सेनि आँपमा विभिन्न रोगले आक्रमण गरेका कारण किसानले फाइदा लिन सकेका छैनन् । स्थानीय जातका आँपमा पछि रोपिएका आँप प्रशस्त मात्रामा फल लाग्ने तर फल पाक्न नपाउने गरेको स्थानीयवासीको भनाइ छ ।

वि.सं.२०७४ जेठ २८ आइतवार ११:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

महोत्तरी । महोत्तरीमा असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको...

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले...

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती...