back
CTIZAN AD

रोनाल्डो जुम्ल्याहा बच्चाको पिता बनेकै हुन त ?

वि.सं.२०७४ जेठ २८ आइतवार

903 

shares

 

ronaldo

२८ जेठ,  काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो जुम्ल्याहा बच्चाको पिता भएको खबर बाहिरिएको छ । रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले सरोगेसी मार्फत जुम्ल्याहा छोराछोरीको पिता बनेको खबर पोर्चुगिज मिडियाहरुले जनाएका छन् । स्मरण रहोस रोनाल्डोले सन् २०१०मा सरोगेट मदर मार्फत एक छोरा जन्माएका छन् । सात वर्षीय रोनाल्डो जुनियरकी आमा को हुन भन्ने कुरा रोनाल्डोेले अझै सम्म खुलाएका छन् ।

पोर्चुगिज मिडियाका अनुसार अमेरिका बस्दै आएकी एक महिलाले रोनाल्डोका जुम्ल्याहा बच्चालाई जन्म दिएको कुरा बाहिर आएको छ । स्रोतका अनुसार जन्मिएका जुम्ल्याहा बच्चाको नाम इभा र माटियो राखेको बताइएको छ । रोनाल्डोले यो विषयमा भने केहि खुलाएका छैनन् ।

रोनाल्डोले हाल स्पेनिश मोडल जर्जिना रोड्रिग्वेजलाई डेटिङ गरिरहेको भएपनि सरोगेट मदर मार्फत जुम्ल्याहा बच्चालाई जन्म दिएको खबरले मिडियाहरु राम्रै सँग तातिएका छन् ।

वि.सं.२०७४ जेठ २८ आइतवार ११:४८ मा प्रकाशित