back

२३ अदालतमा आगजनी : सर्वोच्चको जाहेरी दिने निर्णय

वि.सं.२०८२ कात्तिक ११ मंगलवार

219 

shares

काठमाडाैँ ।  जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशभरका २३ वटा अदालतमा भएको आगजनी र तोडफोडका घटनामा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, सबै अदालतलाई आफ्ना जिल्लाका प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न निर्देशन दिइएको छ। सर्वोच्चको फुलकोर्ट बैठकले आइतबार नै निर्णय गरिसकेको र केही दिनभित्र जाहेरी प्रक्रिया सुरु हुने बताइएको छ।

उनका अनुसार, आगजनी र तोडफोडमा संलग्न कतिपय व्यक्तिहरूको पहिचान भइसकेको छ। सार्वजनिक भएका भिडिओ, फोटो र सीसी क्यामेराका दृश्यबाट घटनामा सहभागीहरूलाई चिन्ने काम भइरहेको छ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा भीषण आगजनी भएको थियो। यस घटनाबाट अदालतका भवन, फाइल, मुद्दाका मिसिल र सवारीसाधनमा ठूलो क्षति पुगेको छ।

सर्वोच्च अदालतका अनुसार, देशभरका अदालतहरूमा जलेका मुद्दाका मिसिल संख्या करिब ९ लाख ३३ हजार ८२३ छ, जबकि ४ हजार २ सय मुद्दाका फाइल मात्रै सुरक्षित छन्। साथै, ४२२ सवारीसाधन जलेका छन्, जसमा १२९ चार पाङ्ग्रे, २२३ मोटरसाइकल र ७० स्कुटर छन्।

आगजनीबाट सर्वोच्चको एनेक्स भवनबाहेक अन्य भवन प्रयोग अयोग्य भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल, पाटन (हेटौँडा इजलास) र जिल्ला अदालत काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ, बाँकेका भवनहरू पनि क्षतिग्रस्त भएका छन्।

सर्वोच्च अदालतले क्षतिको सम्पूर्ण विवरण संकलन गरी जाहेरी दर्ता गर्ने र सरकारले गठन गरेको जाँचबुझ आयोगमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। अदालतको भनाइमा, जाहेरी दर्ताले कानुनी कारबाहीको आधार तयार पार्ने र जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउने काम अघि बढाउनेछ।

वि.सं.२०८२ कात्तिक ११ मंगलवार १२:३७ मा प्रकाशित

Himalayan Life AD
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

  सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको...

एनआईसी एशिया बैंकका ग्राहकलाई कमलादीस्थित स्काइवाक टावरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई कमलादीस्थित स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडाैँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Wonders...

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९...

विप्लवको पार्टीकाे नाम कम्युनिस्ट पार्टी नेपाल, निर्वाचन आयोगमा दर्ताका लागि निवेदन

विप्लवको पार्टीकाे नाम कम्युनिस्ट पार्टी नेपाल, निर्वाचन आयोगमा दर्ताका लागि निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि...

भालुको पित्तसहित दुई जना पक्राउ

भालुको पित्तसहित दुई जना पक्राउ

काठमाडौँ । भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ परेका...

माइक्रो दुर्घटनामा १४ जना घाइते

माइक्रो दुर्घटनामा १४ जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो...