back
CTIZAN AD

भालुको पित्तसहित दुई जना पक्राउ

वि.सं.२०८२ कात्तिक ११ मंगलवार

918 

shares

काठमाडौँ । भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँबाट पक्राउ गरेको हो । भालु संरक्षित वन्यजन्तु अन्तरर्गत पर्दछ ।

अवैध आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले गएको ९ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरू कालिकोट खाँडाचक्र नगरपालिका वडा नं. ६ बस्ने २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही छन् । उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. १ रुप्सेटारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनीहरूको साथबाट तौल ५६८ ग्राम भएको २ थान भालुको पित्त जस्तो देखिने आखेटोपहार बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामानसहित थप आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको छ ।

वि.सं.२०८२ कात्तिक ११ मंगलवार १४:४९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...