back
CTIZAN AD

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक १२ बुधवार

1K 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेहनतको उचित परिणाम प्राप्त हुनेछ। रोकिएका काम बन्ने सम्भावना छ। साथीभाइ र सहयोगीहरूको सहयोगले काम सजिलो हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ भने नयाँ योजना सुरु गर्नका लागि समय शुभ छ। आर्थिक लाभका साथै सम्मान प्राप्त हुने संकेत देखिन्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरपरिवारमा सानातिना कुराले मन खिन्न हुन सक्छ। तर बेलुकातिर परिस्थिति अनुकूल बन्दै जानेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। स्वास्थ्यमा सुधार देखिए पनि खानपानमा ध्यान दिनु आवश्यक छ। मित्रसँगको सम्बन्ध बलियो बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मनोरञ्जन र भेटघाटको दिन बन्न सक्छ। नयाँ सम्बन्ध बन्ने सम्भावना छ भने प्रेम जीवनमा सुमधुरता आउनेछ। व्यापारमा नयाँ अवसर प्राप्त हुनेछ। छोटो दूरीको यात्रा फलदायी बन्न सक्छ। प्रसन्न मनले गरेका काममा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यावसायिक क्षेत्रमा राम्रो प्रगति हुने संकेत छ। रोकिएका काम बन्नेछन् र नयाँ अवसर आउन सक्छन्। आजका प्रयासहरू भविष्यका लागि लाभदायक बन्नेछन्। घरका सदस्यबीच सल्लाहमैत्री वातावरण रहनेछ। सहयोगीहरूका कारण आत्मविश्वास बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्तान वा प्रियजनका कारण हर्ष अनुभव हुनेछ। अध्ययनमा मन जानेछ र नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ। व्यापार र पेसामा मनग्य फाइदा हुनेछ। पुराना कामको उचित मूल्यांकन पाइनेछ। सामूहिक कार्यमा सहभागी हुँदा प्रतिष्ठा बढ्ने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्रत्याशित खर्च बढ्न सक्छ, तर लाभका अवसर पनि नजिक छन्। परिश्रमको प्रतिफल अवश्य प्राप्त हुनेछ। आत्मविश्वासले चुनौतीहरू पन्छाउनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ तर सबैले सहयोग गर्नेछन्। दिगो योजनामा हात हाल्दा लाभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईंको व्यक्तित्वले सबैलाई आकर्षित गर्नेछ। रोकिएका काममा सफलता मिल्नेछ। व्यापारमा लगानी बढाउँदा लाभ हुने संकेत छ। घरायसी वस्तु किन्ने योजना बन्न सक्छ। सामाजिक काममा सक्रियताले नाम र मान दुवै बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सकारात्मक सोच राख्दा काममा सफलता प्राप्त हुनेछ। आर्थिक पक्ष सबल बन्नेछ। अध्ययन वा प्रतिस्पर्धामा राम्रो नतिजा आउन सक्छ। मित्र वा नातेदारसँगको सम्बन्ध अझ बलियो बन्नेछ। यात्राका अवसरले मन प्रशन्न पार्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यस्थलमा प्रशंसा प्राप्त हुनेछ। पुराना समस्या समाधान हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइनेछ। मनमा नयाँ योजना पलाउनेछ र त्यसको सफल सुरुवात हुने सम्भावना छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्ने देखिए पनि फाइदाका अवसर हात लाग्नेछन्। जागिर वा व्यापारमा नयाँ जिम्मेवारी आउन सक्छ। मेहनतको उचित परिणाम पाइनेछ। परिवारभित्रको सहयोगले उत्साह बढ्नेछ। दिगो फाइदाका काममा लगानी गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आत्मविश्वास बढ्नेछ र नयाँ काम सुरु गर्ने उत्साह मिल्नेछ। आर्थिक लाभ प्राप्त हुनेछ। साथीभाइको साथले काम सजिलो बन्नेछ। स्वास्थ्य ठीक रहनेछ र मानसिक सन्तुलन बलियो हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यको साथले कठिन काम पनि सजिलोसँग सम्पन्न हुनेछ। पुरानो समस्या अन्त्य भएर नयाँ मार्ग खुल्नेछ। दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। सानो प्रयासले ठूलो फाइदा मिल्नेछ। आजको दिन भविष्यका लागि आधार निर्माण गर्नेछ।

२०८२ कार्तिक १२ गते, बुधवार, २९ अक्टोबर २०२५
कात्तिक शुक्लपक्ष नवमी तिथि, पुनर्वसु नक्षत्र, चन्द्रराशि मिथुन।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०६:४६ मा प्रकाशित

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...