back
CTIZAN AD

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद

वि.सं.२०७४ जेठ २८ आइतवार

888 

shares

२८ जेठ, भक्तपुर  । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं (क) बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो ।

पीडित नाबालिकाकाको पालनपोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुल उपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम रु तीन लाख प्रदान गर्न फैसला सुनाइएको छ । रासस

वि.सं.२०७४ जेठ २८ आइतवार १५:०७ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...