back
CTIZAN AD

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

वि.सं.२०८२ कात्तिक १३ बिहीवार

432 

shares

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार नगरपालिकाले २०७९ पौस १७ गते गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी वडा नं ५ को हरिचौरमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिले वार्षिक ५० जना सुत्केरी हुन आउने गरेकोमा अहिले त्यो सङ्ख्या बढेर करिब २०० पुगेको नगर अस्पताल प्रमुख डा राजेश पौडेलले जानकारी दिए । अस्पतालमा २०८१ असोज १६ गतेबाट शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि पछिल्लो समय सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको उनको भनाइ छ ।

एक वर्षको अवधिमा ३५ जना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराइएको डाक्टर पौडेलले बताए । गलकोटसँगै बागलुङको ढोरपाटन नगरापलिका, निसीखोला, ताराखोला, तमानखोला गाउँपालिकासहित गुल्मी र म्याग्दीका बिरामीले पनि यहाँबाट सेवा लिने गरेको डा पौडेल बताउँछन् ।

“अस्पतालप्रति विश्वास बढेर होला पछिल्लो समय धेरै बिरामी यहाँ आउनुहुन्छ, बागलुङका मात्रै होइन अन्यत्र जिल्लाबाट पनि बिरामी यस अस्पतालमा आएर सेवा लिइ राख्नु भएको छ, पहिले सुत्केरी हुनका लागि धेरै गर्भवती बागलुङ, पोखरा पुग्ने अवस्था थियो” डा पौडेलले भने, “अहिले यही आउने गर्नु भएको छ, अझ गतवर्षदेखि हामीले शल्यक्रियानै गर्न थालेपछि त झन् धेरै गर्भवती सुत्केरी हुन यहाँ आउनुहुन्छ ।”

टाढाबाट सुत्केरी हुन आउनेका लागि अहिले अस्पताल परिसरमै प्रसूति प्रतिक्षा घर सञ्चालनमा ल्याइएको छ । जहाँबाट सुत्केरी र सुत्केरीका आफन्तले अस्पतालमा बस्दासम्म खाने र बस्नेको सुविधा पाउने भएका छन् । अस्पतालमै खाना बस्नको सुविधा पाएपछि गर्भवती र उनका आफन्तलाई सहज भएको छ । अस्पतालमा घरकै जस्तो वातावरण रहेको बडिगाड गाउँपालिका–६ बाट बुहारीलाई सुत्केरी गराउन आउनु भएकी रुपा सुनारले बताईन् । बुहारीको शल्यक्रिया गरेर नवजात शिशु निकालेको जनाउँदै आफू पाँच दिनदेखि अस्पतालमा रहेको प्रसूति प्रतिक्षा घरमै बस्दै आएको उनको भनाइ छ ।

सुनारले भनिन्, “यसभन्दा अगाडि अरु अस्पतालमा बिरामी भएर गएका थियौँ, त्यहाँ बस्ने, उभिने पनि ठाउँ पाएका थिएनौँ तर यहाँ त बासनै बस्न पाइने खाना पकाएर खान पाइने सुविधा रैछ, यहाँका डाक्टर र नर्सले पनि बिरामीको धेरै ख्याल गर्नु हुँदो रैछ, धेरै खुसी लाग्यो, यहाँको जस्तो सुविधा अरु अस्पतालमा भए कति सहज हुन्थ्यो होला ?”

अहिले अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, फिजियोथेरापी, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले नगर अस्पताल सञ्चालनमा आएपछि नागरिकले हजारौँ रकम खर्च गरेर टाढा जानु पर्ने बाध्याता हटेको बताए । गाउँ ठाउँमै विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि नगरपालिकाले धेरै मेहनत गरेको उनको भनाइ छ । अब कोही पनि नागरिक पहिलेको जस्तो सामान्य उपचारका लागि पनि ठूला सहरमा जान नपर्ने प्रमुख गैरे बताउँछन् ।

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १४:४२ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...