back
CTIZAN AD

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

वि.सं.२०८२ मंसिर ३ बुधवार

324 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।

आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रसोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् ।

आजको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेड, दरमखोला हाइड्रोइनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, हिमस्टार उर्जा कम्पनी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड, सान्भी इनर्जी लिमिटेड, झापा इनर्जी लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी गुमाउनेमा कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर रहेको छ । कारोकार रकमको आधारमा आज वरुण हाइड्रोपावरको सबैभन्दा बढी रु २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको करोबार भएको छ ।

वि.सं.२०८२ मंसिर ३ बुधवार १६:२० मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...