back
CTIZAN AD

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

वि.सं.२०८२ मंसिर ३ बुधवार

531 

shares

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी बनाउन राष्ट्रिय बालअधिकार आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजित सिवीन नेपालको ३८औँ वार्षिकोत्सव कार्यक्रमका सहभागीहरूले बालबालिकाको हकअधिकारकाका लागि विद्यमान संरचनाबाट प्रभावकारी काम हुन नसकेको गुनासो गर्दै उनीहरूले अधिकार सम्पन्न आयोग गठनको माग गरे ।

सिवीनका नेपालका संस्थापक अध्यक्ष एवं मानव अधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले नेपालको संविधानमा बालअधिकार सम्पन्न मौलिक हक भए पनि कार्यान्व्यन पक्ष प्रभावकारी नरहेको बताए । उनका अनुसार बालबालिकाका लागि सहायता कक्ष (हेल्पडेक्स) देशभरि विस्तार गर्दै जानुपर्छ । “हामीले हेल्पडेक्सलाई देशभर पहुँच विस्तार गर्न सकिरहेका छैनौँ”, उनले भने, “राज्य बालबालिकाको भविष्यप्रति संवेदनशील हुनुपर्छ । यसका लागि महिला तथा बालबालिका मन्त्रालयमा पर्याप्त लगानी गर्नुपर्छ ।”

राष्ट्रिय बालअधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकालले बालबालिकामा लगानी गर्नु भनेको भोलिको सक्षम राष्ट्र निर्माणमा लागनी गर्नुजस्तै महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको धारणा राखे । उनले हेल्पलाइन डेक्सलाई विस्तृत बनाउँदै बालबालिकाको शैक्षिक, शारीरिक र मानसिक स्वस्थ्य वृद्धि र विकासका कार्यक्रममा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा यस वर्ष टोखा नगरपालिकाले बालमैत्री कार्यक्रम सञ्चालन गरेको अवसरमा टोखालाई उत्कृष्ट बालमैत्री नगरपालिकाका रूपमा सम्मान गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले सम्मान ग्रहणपछि आफ्नो नगरपालिकामा बालबालिकाको हितमा खुलेर लगानी गर्ने र जिम्मेवारपूर्ण कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले चन्द्रागिरिलाई मङ्सिरभित्र बालश्रम मुक्त नगरपालिका घोषण गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय किशोरी सञ्जालका अध्यक्ष अनुष्का न्यौपाने र राष्ट्रिय किशोर सञ्जालका उपाध्यक्ष इमोन महर्जनले बालबालिकाले सही लागनी र उचित वातावरण पाए प्रतिभा विकसित हुन सहज हुने अनुभव सुनाए ।

सिवीनका अध्यक्ष माधव प्रधानले अझै पनि बालबालिकालाई समान अधिकार वितरण गर्नबाट राज्य चुकिरहेको बताए ।

वि.सं.२०८२ मंसिर ३ बुधवार १६:३४ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...