back
CTIZAN AD

सामाजिक सुरक्षा दिवसको फेदीखोला गाउँपालिकाको शुभकामना

वि.सं.२०८२ मंसिर ११ बिहीवार

1K 

shares

स्याङ्जा । फेदीखोला गाउँपालिकाले आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना संदेश दिएको छ ।
गाउँपालिकाले एक शुभकामना संदेश जारी गर्दै श्रमिकको सम्मान, सुरक्षा र सामाजिक न्याय सुनिश्चित गर्न स्थानीय तह प्रतिबद्ध रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको हस्ताक्षर रहेको उक्त शुभकामनामा सामाजिक सुरक्षालाई सर्वव्यापी स्वास्थ्य सेवा पहुँच, पेन्सन–योग्य समाज निर्माण तथा उत्पादनशीलता अभिवृद्धिसँग जोडिएको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको छ ।

सन् २०७६÷७७ बाट मजदूर संचित कोषको व्यवस्थासहित श्रमिक पहिचान र सुरक्षामा काम गर्दै आएको फेदीखोलाले औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा जोड्न निरन्तर पहल जारी राखेको जनाएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको योगदान–आधारित सामाजिक सुरक्षा कोषमार्फत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सेवा, निवृतभरण (पेन्सन), आश्रित परिवार सुरक्षा लगायतका योजनामा सहभागी गराउन गाउँपालिकाले महिलास्वास्थ्य स्वयंसेविका, सामुदायिक विद्यालयका आईटी शिक्षक, विद्यालय कर्मचारी, ईसीडी शिक्षक तथा करार कर्मचारीलाई कोषमा आबद्ध गराइसकेको जानकारी अध्यक्ष सुवेदीले दिएका छन् ।

वि.सं. २०८० असार २७ गते सामाजिक सुरक्षा कोषसँग औपचारिक सम्झौता गरी न्युनतम पारिश्रमिकसहित योगदान–आधारित सामाजिक सुरक्षा सुविधा प्रदान गर्ने देशकै पहिलो स्थानीय तहका रूपमा आफूहरू स्थापित भएको उल्लेख गर्दै सुवेदीले यस कदमले श्रमिकमैत्री शासन निर्माणमा महत्वपूर्ण परिवर्तन ल्याएको बताए ।

सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई केवल सरकारी कार्यक्रमका रूपमा होइन, नागरिकको जीवनस्तर सुधार र सुरक्षित भविष्य निर्माणको आधारका रूपमा बुझ्न सबैलाई आग्रह गरिएको छ। साथै श्रमिकहरूको स्वास्थ्य, उत्पादनशीलता, सम्मान र भविष्य सुरक्षामा सामाजिक सुरक्षा कार्यक्रमले निर्णायक भूमिका निर्वाह गर्दै आएको पुनः पुष्टि गरिएको छ ।

अन्त्यमा, अध्यक्ष सुवेदीले सामाजिक सुरक्षा दिवसले श्रमिकमैत्री समाज, सामाजिक न्याय र दिगो विकासतर्फ अघि बढ्ने प्रेरणा दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन ्।

वि.सं.२०८२ मंसिर ११ बिहीवार १६:१७ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...