back
CTIZAN AD

वीरगञ्ज महानगरद्वारा चालु आवको चार महिनामा २१ करोड तीन लाख राजस्व सङ्कलन

वि.सं.२०८२ मंसिर ११ बिहीवार

378 

shares

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा रु २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ रु सात करोड ५६ लाख रकम सङ्कलन गरेको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे “महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने सङ्कलन हुन सकिरहेको छैन,” उनले भने, “यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।”

महानगरले चालु आवको चार महिनामा भूमिगत÷मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरवहाल करतर्फ भने रु एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने रु दुई करोड राजस्व सङ्कलन गरेको छ । अखेटोपहारमा लाग्ने करतर्फ भने रु पाँच करोड १० लाख राजस्व सङ्कलन गरेको छ । अन्य सेवा शुल्कतर्फ भने रु एक करोड ४९ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।

वि.सं.२०८२ मंसिर ११ बिहीवार १६:११ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...