back
CTIZAN AD

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

255 

shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारजगत्को महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’ लोकतान्त्रिक व्यवस्थालाई थप संस्थागत गर्न पनि पत्रकारबाट सोहीअनुसारको भूमिका अपेक्षा गरिएको बताए । मुख्यमन्त्री शाहले भने, “जनतालाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन मिडियाकर्मीको ठूलो भूूमिका छ । यस भूमिकालाई थप सशक्त बनाउँदै लैजानुपर्छ । यसले समग्र क्षेत्रको सम्मान बढ्नेछ ।”

उनले समग्र व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई विकास गर्ने सन्दर्भमा सरकार मिडियालाई साथमै लिएर अगाडि बढ्ने भन्दै यस क्षेत्रको विकासका लागि पनि सरकार साथमा रहेको बताए ।

मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले गरेका कामको आलोचनात्मक समीक्षा गर्दै राम्रो कामका लागि झक्झक्याइरहन आग्रह गरे ।

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १७:१० मा प्रकाशित

मणिकाधाममा विद्युत् सेवा विस्तार

मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका...

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्’

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले...

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार...

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका तीनवटै निर्वाचन...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

सुदूरपश्चिम : सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

सुदूरपश्चिम : सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक...