back
CTIZAN AD

भ्रष्टाचार नियन्त्रण आफैँबाट सुरु गर्न युवा पुस्ताको जोड

वि.सं.२०८२ मंसिर २३ मंगलवार

369 

shares

चितवन । ‘आँखा चिम्म गरी सपनाको दुनियाँमा हराउनु पर्दैन, आफू सध्य छौँ भने कोहीसँग डराउनु पर्दैन’

जेनजी आन्दोलनका अगुवा अधिराज यादवले यो श्लोक वाचन गर्दा हलमा परर ताली बज्यो । जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना तथा भ्रष्टाचारविरुद्धको अभियान चितवन एवं भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था, भ्रष्टाचारविरुद्ध जागरण अभियानले संयोजन कार्यक्रममा यादवले भ्रष्टाचारविरुद्ध सबैजना एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

भ्रष्टाचारविरुद्ध अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित सुशासन र सदाचार प्रवद्र्धनमा प्रतिबद्धता कार्यक्रममा उहाँले देशमा भ्रष्टाचार नियन्त्रण गर्न चाहने हो भने सुरुआत आफैँबाट गर्न आवश्यक रहेको बताए । उनले भने, “राजनैतिक दलदेखि सरकारी कार्यालयसम्म र घरदेखि सहरसम्म जताततै भ्रष्टाचारको गन्धले गन्हाएको छ । यसलाई सुधार गर्न लाग्नुपर्छ ।” युवा पुस्ताले यो कुरा बुझेको बताउँदै उनले अहिलेको समयमा पनि भ्रष्टाचार नियन्त्रण गर्न नसके कहिल्यै नहुने बताए ।

जेनजी अगुवा आयुष पौडेलले सार्वजनिक खरिद ऐनलाई परिमार्जन गर्दै सरकारी सेवाहरु प्रविधिमैत्री बनाउन सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने धारणा राखे । गत भदौ २३ र २४ गते भएको प्रदर्शन भ्रष्टाचारविरुद्ध मात्रै नभएर अब युवा जागे है भन्ने सन्देश भएको बताए ।

हरेक स्थानमा जनताको सहभागितालाई आत्मसात् गर्दै अघि बढ्न सके भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनकोे भनाइ थियो । दलहरुले गरेका राजनैतिक नियुक्तिदेखि कर्मचारीहरुको कमिसनसम्म भ्रष्टाचारको जालो मौलाएको बताउँदै उहाँले यसलाई रोक्न सबै आ–आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए ।

जेनजी समूहका चितवन संयोजक आशीष सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाजदेखि सबै एक हुन जरुरी रहेको बताए । अहिले देशमा केही परिवर्तन हुन्छ कि भन्ने आभाष भएको भन्दै उनले जनताको खबरदारीले नै देश बन्ने बताए । युवा पुस्ताको चाहनाअनुसार शासकहरु अघि नबढ्दा आफूहरु आन्दोलित बन्न बाध्य भएको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले भ्रष्टाचार न्यूनीकरणका लागि युवा पुस्ताको भावनाअनुसार अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, “सबैले जिम्मेवारी लिएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ ।” युवा पुस्ताहरु यसमा चनाखो हुन आवश्यक रहेको उनको भनाइ थियो ।

सो अवसरमा बोल्ने वक्ताहरुले राजनैतिक दलका नेता एवं राज्य संयन्त्र चलाउने कर्मचारीहरु आफूबाट सुधार गर्दै जाँदा भ्रष्टाचार निवारण गर्न सहयोग पुग्ने बताए ।

त्यस अगसरमा संविधानसभा सदस्य विष्णुमायाँ परियार, भ्रष्टाचारविरुद्धको अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषाल, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीलगायतले भ्रष्टाचार घरघरबाट हटाउन आवश्यक रहेको बताए ।

वि.सं.२०८२ मंसिर २३ मंगलवार १६:२५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...