back

थाई सेनाको हवाई आक्रमणमा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

वि.सं.२०८२ मंसिर २९ सोमवार

411 

shares

नोम पेन(कम्बोडिया) । थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा प्रभाव पर्नुका साथै १२ जा नागरिकको मृत्यु भएको कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

थाई सैन्य बलले उत्तरपश्चिम कम्बोडियाको सिम रिप प्रान्तको विभिन्न स्थानमा आफ्नो हवाई आक्रमण विस्तार गरेको मन्त्रालयले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

थाइल्यान्डसँगको सीमा द्वन्द्व चर्किदै जाँदा मृत्यु हुने कम्बोडियन नागरिकहरूको सङ्ख्या बढेको र ७४ जना घाइते भएको कम्बोडियाको आन्तरिक मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबार पत्रकार सँगको साक्षातकारमा बतााएका छन् ।

यसैबीच, कम्बोडियामा विस्थापित व्यक्तिहरूको सङ्ख्या चार लाख तीन हजार नाघेको जनाइएको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयको राज्य उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले आइतबार देखि सोमबार सम्म थाई सैन्य बलले कम्बोडियाको क्षेत्रमा धेरै स्थानहरूमा तोपको गोलाबारी जारी राखेको बताएका छन् ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् । (रासस/सिन्ह्वा

 

वि.सं.२०८२ मंसिर २९ सोमवार १८:०८ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...

ढाकामा तनाव बढ्दो

ढाकामा तनाव बढ्दो

ढाका  । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको...

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक । अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास...

अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी (अस्ट्रेलिया) । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व)...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाई

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाई

किएभ । । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त...

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...