back
CTIZAN AD

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

वि.सं.२०८२ पुस ४ शुक्रवार

972 

shares

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले ट्रम्प प्रशासनको निर्देशनअनुसार उक्त कार्यक्रम रोकिएको जानकारी दिएकी हुन्।

उनका अनुसार विगतमा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका एक व्यक्तिमाथि गम्भीर आपराधिक घटनामा संलग्न भएको आरोप लागेपछि सुरक्षा चिन्ताका कारण यस्तो निर्णय लिइएको हो। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नोएमले उक्त व्यक्ति अमेरिकामा प्रवेश गर्न नपर्ने बताएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) लाई डीभी–१ श्रेणी अन्तर्गतको प्रक्रिया रोक्न आदेश दिइएको जनाइएको छ। गृह सुरक्षा विभागका अनुसार सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका पुगेका एक पोर्चुगिज नागरिकलाई स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) दिइएको थियो।

विविधता भिसा कार्यक्रम अमेरिकी कांग्रेसले सन् १९९० को दशकमा सुरु गरेको हो। यस कार्यक्रमअन्तर्गत अमेरिका आप्रवासन दर कम भएका देशका नागरिकलाई प्रत्येक वर्ष लटरी प्रणालीमार्फत करिब ५० हजार भिसा प्रदान गरिँदै आएको छ। सहभागी हुन कम्तीमा माध्यमिक तहको शिक्षा वा निश्चित कार्य अनुभव आवश्यक पर्ने व्यवस्था छ।

तर, कार्यक्रम कानुनद्वारा स्थापित भएकाले कार्यकारी निकायले कति हदसम्म यसलाई स्थगित गर्न सक्छ भन्ने विषयमा कानुनी बहस सुरु भएको छ। अधिकांश डीभी भिसा अमेरिकी विदेश मन्त्रालयमार्फत जारी हुँदै आएका छन्।

राष्ट्रपति ट्रम्प यस कार्यक्रमप्रति लामो समयदेखि आलोचनात्मक रहँदै आएका छन्। उनका अनुसार डीभी कार्यक्रम योग्यता–आधारित नभएको र राष्ट्रिय सुरक्षाका हिसाबले जोखिम हुन सक्ने सम्भावना रहेको छ। यद्यपि समर्थकहरूले भने कडा सुरक्षा परीक्षणपछि मात्रै भिसा दिइने भएकाले कार्यक्रम सुरक्षित रहेको दाबी गर्दै आएका छन्।

 

वि.सं.२०८२ पुस ४ शुक्रवार १५:४८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...