back
CTIZAN AD

एक कारोडसम्म तिरेर अमेरिका पुगेका ७५ जना नेपालीलाई अमेरिकाले फेरि गर्यो डिपोर्ट

वि.सं.२०८२ पुस ४ शुक्रवार

585 

shares

काठमाडौँ । अमेरिकाले ७५ जना नेपालीलाई एकैदिन डिपोर्ट गरेको छ ।

अमेरिकामा अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका नेपालीलाई एकै दिन डिपोर्ट गरेको हो । उनीहरुलाई हिजो दिउँसो चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको थियोे ।

डिपोर्ट हुनेहरु अधिकांश तल्लोबाटा हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । बिहीबार डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष छन् । उनीहरू

डिपोर्ट हुनेमा २ जना भिजिट भिसामा बस्नेहरू पनि छन् । त्यस्तै ३० वर्षदेखि अमेरिका बस्दै आएका तर, पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्ट भएका छन् ।

‘यसरी फर्किनेमा भिजिट भिसामा पुगेकाहरू पनि छन् । कोही ७ महिना जेल बसेका, कोही २ वर्षसम्म जेल बसेकाहरू पनि छन्,’ त्यस्तै ‘पीआर कार्ड रिन्यु नभएका व्यक्ति पनि फिर्ता भएका छन् ।’अवैध बाटो हुँदै गएकाहरुले बिचौलियालाई एक कारोड रुपैयाँसम्म बुझाएको थियो ।

राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० गतेदेखि अमेरिका सत्ता सम्हालेका हुन् ।

वि.सं.२०८२ पुस ४ शुक्रवार १५:५७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...