back
CTIZAN AD

महाधिवेशन सकिएपछि गुट र प्यानलको अध्याय समाप्त भएको ओलीको भनाइ

वि.सं.२०८२ पुस ४ शुक्रवार

603 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै प्यानल र पक्ष–विपक्षको अभ्यास अन्त्य भएको बताएका छन्।

शुक्रबार बसेको नयाँ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले ११औँ राष्ट्रिय महाधिवेशनलाई समग्र रूपमा सफल भएको उल्लेख गरे। उनका अनुसार केही सानातिना कमजोरी देखिए पनि ती उपलब्धिका अगाडि गौण रहेका छन्।

अध्यक्ष ओलीले पार्टी अब एकताको भावना, अनुशासन र नयाँ उत्साहका साथ अघि बढ्नुपर्नेमा जोड दिए। महाधिवेशनपछि सबै नेताकार्यकर्ता एउटै लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

पार्टीभित्र समय–समयमा समस्या देखिनु स्वाभाविक भए पनि आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिन सबै सचेत हुनुपर्ने ओलीले बताए। उनले दोस्रो विधान महाधिवेशनबाट पारित वैचारिक र नीतिगत मार्गदर्शनअनुसार एकताबद्ध रूपमा अघि बढे मात्र संगठन सफल हुने विश्वास व्यक्त गरे।

केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै ओलीले असन्तुष्टि भए पार्टीभित्रै औपचारिक रूपमा राख्न आग्रह गरे। सार्वजनिक सञ्चारमाध्यममार्फत पार्टीको प्रतिष्ठामा असर पर्ने गतिविधि नगर्न उनले सचेत गराए।

उनले एमाले लोकतान्त्रिक दल भए पनि व्यक्तिगत स्वतन्त्रताको नाममा पार्टीको सामूहिक निर्णयविरुद्ध निजी स्वार्थअनुसार चल्न नहुने स्पष्ट पारे। पार्टी अनुशासन र सामूहिक जिम्मेवारीलाई सबैले पालना गर्नुपर्नेमा उनले जोड दिए।

 

वि.सं.२०८२ पुस ४ शुक्रवार १६:०५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...