back

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाई

वि.सं.२०८२ मंसिर २९ सोमवार

501 

shares

किएभ । । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् ।
वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उनले बताउनु भएको छ ।

पछिल्लो समयमा युक्रेन र अमेरिका बिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मीहरू, साथै अन्य देशहरू–क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानुनी रूपमा बाध्यकारी हुनु पर्ने बताएका छन्् ।

राष्ट्रपति जेलेन्स्कीले आफू “मर्यादापूर्ण“ शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबका कारण कूटनीतिक प्रयासहरू तीव्र भएपछि यो टिप्पणी आएको हो । ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुसनर युक्रेनी र युरोपेली प्रतिनिधिहरूसँगको वार्ताका लागि आइतबार बर्लिन पुगेका थिए ।

अल जजिराका अनुसार यस अघि किएभ र मस्को दुवैसँग वार्तामा संलग्न रहेका विटकोफलाई पठाउने निर्णयलाई वासिङ्टनले प्रगतिमुलक हुने विश्वास गरेको जनाइएको छ ।

युक्रेनले अमेरिका र युरोपेली साझेदारहरूसँग मिलेर २०–बुदे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले युद्धविराम हुन सक्ने बताएका छन् ।

अधिकारीहरूले जारी कूटनीतिक छलफलका बावजुद रूसले आक्रमण नरोकि जानाजानी जाडो महिनामा नागरिकहरूलाई तातो र पानीबाट वञ्चित गर्न पावर ग्रिडलाई लक्षित गरि हजारौंलाई बिजुली विहीन बनाएको बताएका छन् ।(रासस/एएनआई)

वि.सं.२०८२ मंसिर २९ सोमवार १८:१२ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...

ढाकामा तनाव बढ्दो

ढाकामा तनाव बढ्दो

ढाका  । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको...

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक । अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास...

अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी (अस्ट्रेलिया) । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व)...

थाई सेनाको हवाई आक्रमणमा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

थाई सेनाको हवाई आक्रमणमा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

नोम पेन(कम्बोडिया) । थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको...

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...