back

मङ्सिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर

वि.सं.२०८२ पुस ७ सोमवार

384 

shares

काठमाडौँ । गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मङ्सिरमा भने कमजोर देखिएको छ ।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा पुस ५ गतेसम्म रहेको तथ्याङ्कअनुसार मङ्सिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन । मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले गत पुस ५ गतेसम्म रु २८ लाख ७८ हजार ५३६ मात्र कमाइ गरेको छ ।

एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र हर्षका लागि जम्मा आठ हजार ८६६ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् ।

मङ्सिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू’ ले सोही अवधिसम्म रु २१ लाख ४८ हजार ७०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गरेका उक्त चलचित्रको छ हजार ८५० वटा टिकट बिक्री भएका छन् ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र निर्माण गरेका निर्माता विनोद पौडेलले निर्माण गर्नुभएको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ ।

मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोहि अवधिमा रु छ लाख ६८ हजार ६३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १०९ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु चार लाख एक हजार ३४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको तथ्याङ्क ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख छ । उल्लेखित कमाइ गएको पुस ५ गते बेलुकी ११ः५९ मिनेटसम्म नेपालभर भएको हो ।

“विगतलाई हेर्दा पनि मङ्सिर र पुसमा प्रदर्शन भएका चलचित्रले व्यावसायिक रूपमा नयाँ रेकर्ड बनाउने गरेका छैनन् । यद्यपि माघदेखिको समय भने राम्रो मानिन्छ । किनकि चिसो कम हुने भएकाले नेपाली चलचित्रका निर्माताले उक्त समयलाई चलचित्र प्रदर्शन गर्न उपयुक्त मान्ने गरेका छन् । यद्यपि, कथावस्तुले आकर्षित गरे चलचित्रको व्यापार आफैँ बढ्छ”, वितरक श्रेष्ठले भने ।

वि.सं.२०८२ पुस ७ सोमवार १५:०० मा प्रकाशित

Himalayan Life AD
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा...

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति...